दफा १३
निजी सचिवालयको व्यवस्था
(१) मन्त्रीहरूलाई आफ्नोे कार्यकालभरको लागि निजी सचिवालयको निमित्त आवश्यक पर्ने फर्निचर, कार्यालय सामान तथा कर्मचारीको व्यवस्था तोकिए बमोजिम  हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएका फर्निचर तथा स्थायी जिन्सी सामानहरू मन्त्रीहरूले आफ्नोे कार्यकाल समाप्त भएपछि फिर्ता बुझाउनु पर्नेछ ।